दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा सोमबार बोलकबोल हुँदैछ। 

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ।

यस्तै दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ। 

बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।