१० महिनादेखि रोकिएको लाइसेन्सको अनलाइन आवेदन मंगलबारदेखि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा   मंगलबार देखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले सूचना निकालेर लाइसेन्सको अनलाइन आवेदन मंगलबार १४ पुसदेखि खुला गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको कारण विगत १० महिनादेखि सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन  रोकिएको थियो ।

मंगलबारदेखि लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रायल सबै खुला गर्न लागिएको विभागले जनाएको छ।

विभागले सूचना जारी गर्दै कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको जानकारी दिएको छ।

प्रदेश यातायात कार्यालयबाटै अब नयाँ लाइसेन्स वितरण हुने विभागले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।