मन्त्रिपरिषद विस्तार गर्दै ओली, यस्तो छ नयाँ मन्त्रीकाे सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

पुस ५ गते संसद् विघटन गरेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँच जना र माधव नेपाल समूहका दुई जना थिए ।

रिक्त रहेका सोही स्थानमा ओलीले नयाँ मन्त्री ल्याउन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै (शुक्रबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

ओलीले निवर्तमान (विघटित प्रतिनिधिसभाका सदस्यहरू) सांसदमध्येबाटै मन्त्री नियुक्त गर्ने तयारी गरिरहेको जनाइएको छ । नेकपा ओली समूहमा मन्त्री बन्ने आकांक्षीहरू पनि बढेका छन् ।

मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको स्रोतले जानकारी बताएको छ ।

केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनको भनाइ थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।