प्रभु लाइफको आइपीओ आज बाँडफाँड हुदै, ५ लाख ४२ हजारको हात खालि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाडौं नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा बिहान ११ बजे आइपीओ बाँडफाँड हुन लागेको हो ।

कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

आईपिओमा १० लाख ८२ हजार २२९ जनाले आवेदन दिएका छन् । तर कम्पनीको आईपिओ गोलाप्रथाबाट ५ लाख ४० हजार आवेदकले मात्र पाउने छन् । यस हिसाबमा ५ लाख ४२ हजार बढी आवेदक हात खाली हुने देखिन्छ । यद्यपि यो आवेदनहरु भेरिफाइ हुनु अगाडीको तथ्यांक भएकोले यो संख्या केहि घटबढ हुन सक्ने छ ।

आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।