सातै प्रदेशका प्रमुखलाई ‘हाई अलर्ट’मा बस्न महानिरीक्षकको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसद विघटनको सिफारिसपछि नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिइएको छ। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा बस्न सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

ठूला राजनितीक घटना भएको समयमा सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले उक्त घटना नियन्त्रणको लागि निर्देशन दिएको प्रहरी मुख्यालयले जनाएको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।