संसद विघटन सिफारिस संविधानविपरीत : रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मन्त्रिपरिषदले गरेको संसद विघटनको सिफारिसलाई संविधानविपरीत भएको बताएका छन्। 

“मन्त्रिपरिषद्बाट संसद विघटनको सिफारिस भएको  सूचना प्राप्त भएको छ,” पौडेलले फेसबुकमार्फत भनेका छन्, “यो संविधानविपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्र हीतविपरीत छ।” 

वरिष्ठ नेता पौडेलले अहिलेको संविधानअनुरुप संसद विघटन गर्न नमिल्ने बताएका छन्। उनले भनेका छन्, “राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन।” 

उनले संसद विघटनको सिफारिस फिर्ता गर्न समेत आग्रह गरेका छन्। 

“म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु,” उनले भनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।