संसद विघठनको सिफारिस गरेपछि नेप्सेमा पहिरो,आधा घण्टामा ७६ अंकले घट्यो शेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आइतबार विहान अचानक बसेको मन्त्रीपरिषद्को बैठकले संसद विघठन गर्न सिफारिस गरेपछि सेयर बजारमा पहिरो गएको छ।

प्रधानमन्त्रीले संसद विघठनको सिफारिस गरेपछि कारोबार सुरु भएको ३० मिनेटमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७६.६० अंकले घटेर १ हजार ९ सय ५५.९१ अंकमा झरेको छ ।

अहिले ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १३.२६ अंकले घटेर ३ सय ७२.७८ अंकमा झरेको छ ।

अहिलेसम्म १५८ कम्पनीको १० लाख ९२ हजार ७ सय ४७ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ५९ लाख ६८ हजार ३ सय १६ रुपैयाँको कारोबार भयो ।

यस समयमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १४२ रुपैयाँ घटेको छ । पुनर्बीमाको शेयर प्रतिकित्ता १३५० रुपैयाँमा कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।