लोकतन्त्रको मर्मविपरित काम गर्ने संविधानको रक्षक राष्ट्रपतिलाई महाभियोग लगाऔं – तरुण दल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन माग गरेका छन्। संविधानको रक्षक मानिने राष्ट्रपतिले लोकतन्त्रको मर्मविपरित अध्यादेश जारी गरेको आरोप लगाउँदै तरुण दलले यस्तो माग गरेको हो।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउन माग गरेका छन्।

‘प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप-सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दल केन्द्रिय समिति अनुरोध गर्दछ। संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘साथै सम्माननिय राष्ट्रपतिज्युको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।’ तरुण दलले सर्वसत्तावादका विरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने चेतावनीसमेत दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।