काठमाडौं । महाभुकम्प बाढी पहिरो लगायतका आपतकालीन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा पनि विदेशीस्थित नेपाली समुदायको मन नेपालमा नै रहेको छ ।
नेपालमा पर्ने हरेक आपतकालीन अवस्था विदेशमा रहने नेपालीले ठूलो सहयोग गदैृ आएका छन् । राज्यको तर्फबाट भन्दा पनि विदेशमा रहेको तथा नेपाली संघ संस्थाको ठूलो भर रहेको हुन्छ ।
त्यस्तै उदाहरण छन् गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सका अध्यक्ष श्रीराम कडेल । उनको पहलमा बढि पिडितलाई २५ लाख भन्दा धेरै सहयोग गरेका थिए ।
त्यतिमात्र नभएर राज्यबाट नहेरिएका खुल्लामञ्चको खुल्ला आकाशमा साँझ बिहानका छाक टार्दै आएका कोरोना पिडितलाई त्यहाँबाट महानगरले लखेटेपनि सहयोगी संस्थााले थापाथलिमा लगेर खानालाई निरन्तरा दिदै आएको छ ।
त्यसमा पनि नेदरल्यान्ड्सका अध्यक्ष श्रीराम कडेलले थापाथलिमा छाक टार्दै आएका कोरोना पिडितलाई खानाको लागि सहयोग गरेका छन् । कोभिड १९ का कारण गरिएको लकडाउनपछि रासन र स्थायी आसन नभएका भोका जनता प्रत्येक दिन सास धान्न थापाथलिमा उपस्थित हुन्छन् । त्यस्तै उनले विभिन्न वृद्ध आश्रमहरुमा समेत खाद्यवस्तु तथा लत्ता कपड़ाहरु समेत सहयोग गर्दै आएका छन ।
सरकारले खुल्लामञ्चमा खाना खुवाउन बर्जित गरे पनि कम्तीमा अभियन्ताहरु अहिलेसम्म थाकेका छैनन् ।
त्यसैले त कोही नाम्लो बोकेर, कोही स्थायी घररुपी सानो झोला बोकेर, कोही रोगले थिलोथिलो भएको मलीन चेहरा लिएर आउँछन् । कोही बच्चा बोकेर खानाको बाल्टीतिर हेर्दै बसपार्कको चिसो भूँइमा थचक्क बस्छन् । यस्ता पिडितको लागि केहि गर्छु भनेर साहास बटुलेका कडेलको आगामी योजना भनेको राउटे बस्तीमा रहेको छ ।
Comment