काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको हो । जसमा १५० महिला र १९८ पुरुष  रहेका छन् ।

योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्। हालसम्म काठमाडौंमा मात्र ९२ हजार ९४६ जना संक्रमित भएका छन्, जसमध्ये ४४३ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार २५८  जना निको भएका छन्। 

ललितपुरमा १४ हजार ३८२ जना संक्रमित भएका छन्। जसमा १३३ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ३९२ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ४५२ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५ जना निको भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।