सनराइज बैंकका ग्राहकले सस्तोडिलबाट सामान खरिद गर्दा क्यास व्याक पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले सस्तोडिल डटकमबाट सामान खरिद गर्दा क्यास व्याक पाउने भएका छन् ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले sastodeal.com को ९औं वर्षको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको हो । 

यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले गर्ने प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम ने.रु.२,५०० सम्म रकम बैंकले क्यास व्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिर देखि ३० मंसिर २०७७ सम्म रहने र क्यास व्याक रकम योजना समाप्ति पश्चात प्रदान गरिने बैंकले जनाएको छ । 

कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगदमार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।