विश्वकप फुटबलक छनोट: नेपालले खेल्ने नयाँ तालिका सार्वजनिक, सबै खेल घरेलु मैदानमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप फुटबलको छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक भएको छ ।

एसियाली फुटबल महासंघलेले शुक्रबार सार्वजनिक गरेको नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपालले आगामी मार्च २५, २०२१ मा (चैत १२ गते) चाईनिज ताईपेसँग खेल्ने भएको छ ।

यस्तै अष्ट्रेलियासँग मार्च ३० (चैत १७ गते) खेल्नेछ भने जोर्डनसँग जुन ७ मा (जेठ २४ गते) खेल्ने भएको छ ।नेपालले सबै खेल घरेलु मैदानमै खेल्नेछ ।

समूह ‘बी’ मा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा जम्मा एक खेल मात्रै जितेर तीन अङ्कका साथ चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराए पनि जोर्डनसँगका दुई वटै खेलमा तथा अस्ट्रेलिया र कुवेतसँगका एकरएक खेलमा हारेको छ ।

गएको मार्च/अप्रिलमा हुनुपर्ने छनोट खेल कोरोना भाइरसको महामारीको कारण आउँदो मार्चदेखि सुरु हुने भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।