अब मोबाइलबाटै आईपीयो भर्न मिल्ने, ‘मेरो शेयर’ एपले थप्यो यस्तो सुविधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब मोबाइल एपबाटै आईपीयो भर्न सकिने भएको छ ।

गत भदौ महिनामा मेरो शेयर मोबाइल एप सार्वजनिक गरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मोबाइल एपबाटै आईपीओ भर्ने सुविधा थपेको हो ।

यो एपबाट लगानीकर्ताले आफ्नो सेयर र त्यसको दैनिक मूल्यमात्रै हेर्न पाउने व्यवस्था गरिएको छ ।

सीडीएससीले गुगल प्ले स्टोरमा परीक्षणका लागि बेटा भर्सन यो एप उपलब्ध गराइरहेको छ। यस एपमा ‘माई आस्वा’ सुविधा थपिएपछि लगानीकर्ताहरुले एपबाटै आईपीओ भर्न विकल्प दिइएको हो । सुरुमा यो एपमा ‘माई आस्वा’ सुविधा थिएन।

पुँजी बजामा अनलाइन प्रयोगकर्ता बढिरहेको अवस्थामा आईपीओ भर्नको लागि ल्यापटप वा कम्प्युटर खोल्न नपर्ने भएको कारण अनलाइन प्रयोगकर्ताको संख्या झनै बढ्ने र ‘मेरो सेयर’ पोर्टलमा चाप घट्ने अनुमान गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।