जग्गाको मालिक जनतालाई बनाउन प्रतिबद्ध छौँ : खानेपानीमन्त्री मगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले भोगचलन गर्दै आएको तर, स्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताएकी छिन् ।

बिहीबार बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताइन् ।

वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित परिवारको पुनःस्थापनको कार्य अगाडि बढाउनका लागि पहल भइरहेको उनले बताइन् । ‘आरक्ष विस्तारका क्रममा सयौँ परिवार विस्थापनमा परेका छन् यसबारे जानकार छु’, उनले भनिन्, ‘यस समस्यालाई गम्भीरतापूर्वक लिएको छु ।’

जिल्लाको विकासका लागि कटिबद्ध रहेको धारणा अघि सार्दै उनले विकासका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको बताइन् । रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।