तीन महिनामा भित्र १२ लघुवित्तले गरे मर्जरमा जाने सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरुमा मर्जरको लहर चलेको छ।

एक आपसमा मर्ज हुने लघुवित्त संस्थालाई राष्ट्र बैंकले सुविधा ल्याएसँगै मर्ज हुनेको संख्या बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा अनुसार तीन महिनामा १२ लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने प्रक्रियामा संलग्न भई ६ संस्था कायम भएका छन् ।

राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा जान प्रोत्साहन गरिरहेको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाहरुको ईजाजत दिने कार्य स्थगन गरेको थियो भने इजाजतको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाहरुको इजाजत प्रक्रिया समेत रद्द गरेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७७ असोजसम्म २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५० संस्था कायम भएका छन् । यस अवधिमा १५७ संस्थाको इजाजत खारेज भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।