यूएई लगायतका देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यूएई लगायतका कुनै पनि देशमा श्रम गर्न भिजिट भिसामा नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम बढेको भन्दै प्रलोभनमा परी वैदेशिक रोजगारीमा नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

विभागले एक विज्ञप्ती जारी गर्दै यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा रोजगारीको लागि श्रमीकहरु गएको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यसरी परदेश गएकाहरु ठगीमा परेर विभागमा उजुरी पर्न थालेको छ ।

भिजिट भिसामा परदेश गएर काम गर्दा कुनै मानसिक र शारीरिक हिंसा भएमा वा कुनै कानूनी अप्ठेरो परेमा व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।