समयमै उपचार नहुँदा सुत्केरीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम । अछामको तुर्माखाद गाउँपालिका-४ की ३८ वर्षीया नामसरा विकको सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको छ।

जिल्ला अस्पताल अछाममा गएराति उपचारको क्रममा विकको मृत्यु भएको अस्पतालका डा.अतुल भारद्वाजले जानकारी दिए। सुत्केरी व्यथा लागेकी विकलाई ढिलो गरी अस्पताल पुर्याउँदा अत्यधिक रक्तस्रावको कारण उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।

सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी विकलाई अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। तर, रक्तस्राव नरोकिँदा उनको गए राति ज्यान गएको डा.भारद्वाजले बताए।

‘रक्तस्राव निकै बढी भएको रहेछ। ढिलो गरीअस्पताल ल्याउँदा उहाँलाई बचाउन सकिएन,’ उनले भने। विकको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको छ। मृत शिशु जन्मेको तीन घण्टापछि आमाको पनि ज्यान गएको हो।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।