काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिनभर मौसम सफा रहने भए पनि भोलि राति र पर्सि दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरूकोमा सामान्यतया सफा रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख हुस्सु लाग्नेछ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर १५ गते (सोमबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १६ गते (मंगलबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १७ गते (बुधबार)
दिउँसो : : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
Comment