थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३१ हजार ९७८ रहेको छ । थप १४०४ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १२ हजार २ सय ५९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९० रहेको छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४५४ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।