६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आइतबार सुन चाँदीको भाउमा गिरावट आएको छ ।

आज छापावा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घट्यो ।

अघिल्लो दिन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ घट्दै प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घट्यो । आइतवार चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।