२१ सदस्यीय टोलीसहित चिनियाँ रक्षामन्त्री वेइ फेङ आज नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ एक दिने नेपाल भ्रमणको सिलसिलामा आज आठमाडौं आउँदै छन्।

भारतीय विदेशसचिव हर्षबर्द्धन श्रींगलाले दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्केको २ दिनपछि चिनियाँ रक्षामन्त्री नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रक्षामन्त्री वेई २१ सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्नेछन् ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो।

चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

चिनियाँ रक्षामन्त्री वेई एक दिनको लागि नेपाल आउन लागेका हुन्।

आज चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। आजै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।