मौसम पूर्वानुमान: आजदेखि केही दिन मौसम सफा रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार आजदेखि तीनै दिन देशभर मौसम सफा रहने अनुमान गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान:
मंसिर १४ गते (आइतबार)

दिउँसो : सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती :  देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १५ गते (सोमबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती :  देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १६ गते (मंगलबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती :  देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।