काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानको प्यानलबाट चुनाव लडेका उनले चन्द्रप्रसाद ढकाल प्यानलका गुणनीति तिवारीलाई पराजित गरे ।
शुक्रवार ५४ औं साधारणसभापछि सनिबार महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो । यसअघि नै वस्तुगत उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ निर्वाचित भइसकेका छन् । उनले उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् ।
Comment