रुकुममा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

जिल्लाको आठबीसकोट नगरपालिका-७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी एक जना घाइते छन् ।

प्रहरीका अनुसार आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप गएराति साढे ८ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा आठबीसकोट-८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका-७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको छन् । दुर्घटनापछि जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।