मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरको मौसममा बदली भएको छ । देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर १२ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १३ गते (शनिबार)
दिउँसो : देशका पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ११ गते (बिहिबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।