सेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन्। बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो। 

कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। यस दिन ७ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

२०१ कम्पनीको सेयर किनबेच भएको छ। यसअघि ६ अर्ब ९० करोड रुपैयाँको कारोबार रेकर्ड कायम थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।