थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ परीक्षण गर्दा १७९० जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २४ हजार ७८ रहेको छ । संक्रमित मध्ये दुई लाख ४ हजार ८५८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।  
  
पछिल्लो २४ घण्टामा २७९१ जना कोरोनामुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।