काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्ढामा बाेलेराे जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्युु भएकाे छ ।
झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए।
तस्वीर नरी दत्त बडू, बैतडी
‘ जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्’, एसएसपी सिंहले भने, ‘घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।’
जिपमा सवारहरु भारतमा पेन्सन बुझेर घर फर्किरहेकाहरु रहेको बुझिएको छ।
Comment