चार महिनामा ४ खर्ब २ अर्बको सामान आयात,कात्तिकमा घट्यो आयात, बढ्यो निर्यात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना (साउन देखि कात्तिकसम्म) मा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो । यो आयात रकम गत वर्षको तुलनामा ४८ अर्बले  कमी हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको थियो । 

गत वर्षको यसै अवधिको तुलनामा निर्यात भने चालू वर्षमा १० प्रतिशतले वृद्धि भएको छ । चालू वर्षको १० महिनाको अवधिमा ४० अर्ब २० करोड रुपैयाँको नेपाली सामान विदेशी बजारमा गएको छ । गत वर्ष ३६ अर्ब रुपैयाँको वस्तु गएको थियो ।

साथै, व्यापार घाटा १२.४९ प्रतिशतले साँघुरिएको छ । गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले ब्यापार घाटा घटेको हो।

कात्तिकमा मात्रै एक खर्ब १० अर्बको सामान आयात

भन्सार विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै एक खर्ब १० अर्ब रुपैयाँको सामान भित्रिएको छ ।

कात्तिकमा अघिल्लो महिनाको तुलनामा ३ अर्ब रुपैयाँले कमी आएको हो । कात्तिक महिनामा मात्रै १ खर्ब १० अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चार महिनामा वैदेशिक ब्यापार ४ खर्ब ४२ अर्ब रुपैयाँ भन्दा बढी भएको थियो ।

पछिल्लो समय सामान निर्यातमा केही सुधार हुन थालेपछि थोरै भएपनि व्यापार घाटामा संकुचन आएको छ । विभागको तथ्याँकअनुसार गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष आयात पनि घटेको छ।

गत साउनदेखि कात्तिकसम्ममा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।