सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ सय  कायम भएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेर प्रतितोला छापावाला सुन ९४ हजार रुपैयाँ र तेजावी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। गत साताभरि सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।    

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।