थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि, ५३६४ जना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १९४५ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १०
हजार ३ सय ४० नमुना परीक्षण गर्दा १९४५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सहित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ९ सय ६५ जना पुगेका छन् ।

गत २४ घण्टामा ५३६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २
जना रहेको छ ।

नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ । गत २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १२९८ जना छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।