माउण्टेन इनर्जीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माउण्टेन इनर्जी नेपालले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । 

भर्खरै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशनभई बाँफाँड गर्न बाँकी रहेको कम्पनीले एनआईबिएल एस क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सो प्रयोजनको लागि गत मंसिर ४ गते बिहीबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटल विच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो । यससँगै सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ ।

अब उक्त सेयरहरु बांडफांट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेजमा सूचिकरण पश्चात बाँडफाँटमा परेका सेयरधनीहरुको सेयर हितग्राही खातामा जम्मा गर्ने लगायत सेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ ।

उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।