काठमाडौं । सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारका लागि छापावाला सुन प्रतितोला ९४ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बिहिबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको सुन तोलामा ४ सय रुपैयाँ घटेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।
Comment