गुराँस लाइफ इन्स्योरेन्सले सवा ५ प्रतिशत बोनस सेयर दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले सवा ५ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ ।

कम्पनीको हालै स्म्पन्न दशौं वार्षिक साधारणसभाले मुनाफाबाट जारी पुँजी रु. १ अर्ब ८७ करोड ७० लाखको ५.२५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

यस्तै साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भुप्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़लाई ४ वर्षका लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।