विदेशी नागरिकलाई मंसिर ३० सम्म नेपाल प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी नागरिकलाई मंसिर ३० गते मध्यरातसम्मको लागि रोक लागाईएको छ । नेपाल प्रवेश गर्ने सवै प्रवेशविन्दु र खुला सिमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमनलाई मंसिर ३० गते सम्म रोक्ने निर्णय सरकारले गरेसंगै विदेशी नागरिकलाई नेपाल प्रवेशमा ३० मंसिरसम्म रोक लागेको हो ।

यो निर्णय २०७७ कार्तिक २४ मा मन्त्रिपरिषद् गरेको निर्णयको निरन्तरता हो ।

तर, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनिहरुका परिवार चाहिँ ७२ घण्टाभित्रको ‘नेगेटिभ पिसिआर परिक्षण रिपोर्ट’ देखाएर नेपाल आउन सक्ने व्यवस्था रहेको छ । अध्यागमन विभागले जारी गरेको सूचना अनुसार ५ वर्षमुनिका बाल बालिकाको हकमा पिसिआर रिपोर्ट आवश्यक छैन ।

‘अन्य विदेशी नागरिकललाई संस्थागत सिफारिसका आधारमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने छ’ अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ–‘परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा विदेशस्थित नेपाली कुटनैतिक नियोगको पूर्व स्वीकृति भए मात्र आगमन विन्दुमा भिसा जारी गरिने छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।