काठमाडौं । नेपालमा थप १४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ भने अहिलेसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२५९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ३५३८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छ ।
Comment