अक्षय कुमारको ‘लक्ष्मी’ नेटटिभिमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेटटिभीले अक्षय कुमार अभिनित बहुप्रतिक्षित चलचितत्र ‘लक्ष्मी’  आईपीटिभिमार्फत रिलिज गर्ने भएको छ ।

पहिलो पटक नेटटिभिले बलिवुड चलचित्र ‘लक्ष्मी’ नोभेम्बर १६ देखि नेपालको दुबै प्लेटफर्म नेटटिभी सेटटप बक्स र नेटटिभी एप मार्फत हेर्न सकिने गरी रिलिज गर्न लागेको हो ।

यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलिज हो ।

नेटटिभिको सदस्यता भएका वर्ल्डलिंकका ग्राहकहरूले यस चलचित्रलाई टिभीमा रिलीज भएको पहिलो दिनमा नै नेटटिभी सेट–टप बक्समार्फत हेर्न सक्ने कम्पनीले बताएको छ ।

गैरवर्ल्डलिंक ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सक्नेछन ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारीका अनुसार अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकोले मनोरन्जनका विकल्पहरू कम भएकाले दर्शका लागि यो राहत हुन सक्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।