तिहारको मैनवतीबाट घरमा आगलागी, सात वर्षीया बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । तिहारमा बालेको मैनबतीबाट घरमा आगलागी हुँदा झापाको कमल गाउँपालिका-२ थापागाउँमा एक बालिकाको ज्यान गएको छ ।

स्थानीय ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजिकाको जलेर मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति ९ बजे परियारको घरमा बालिएको मैनबत्तीबाट आगो सल्किएको हो ।

आगोले ग्याँस सिलिण्डर पड्किँदा घरभित्र रहेकी बालिकाको जलेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितले जानकारी दिए । आगोले घर पूरै नष्ट भएको छ । –रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।