आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक ३० गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–औशी,१२ घडी ३३ पला,बिहान ११ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–विशाखा,३२ घडी ०६ पला,बेलुकी ०७ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग–शोभन । करण–नाग,बिहान ११ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी १० बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला,दिउसो १ बजेर ४० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २६ घडी ४९ पला । म्ह पूजा । गाई –गोरु तिहार ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले अध्ययनमा मन जाने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा घरपरिवारका साथ मिष्ठान्न भोजन गर्दै समय व्यातित गर्न सकिनेछ । मामा मावलीपक्षबाट पनि सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा आजको दिन लगानि गर्नको लागि केहि समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेपनि सहि प्रयोग गर्न नजान्दा अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । तरपनि आफन्तका साथ मिष्ठान्न भोजन गर्दै समय व्यातित गर्न पाउदा मन खुसि रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ भने आफन्तसँगै रहेर मिठो मसिनो भोजनका साथ रमाउन पाउदा मन प्रशन्न हुनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले छोटो दुरिको लाभदायी यात्राको तय गर्न सकिनेछ । परिवारका साथ सगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच आत्मियताको बन्धन अझ कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन जाने हुनाले तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । मध्यान्हबाट आर्थिक गतिबिधि सम्बन्धी काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेकोछ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपूर्ण वातावरणमा समय व्यातित हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुनेछ । आफन्त तथा साथिभाईसँग रुपैया पैसाको कारोबार आजको दिन नगर्नुहोला । खुट्टा तान्ने तथा फसाउँनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमि हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले आम्दानिका नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पत्ति तथा पैत्रिक सम्पत्ति हातलागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला,संगित एवम साहित्यमा रुचि बढ्नेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिने समय रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा बाधा तथा अवरोध हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि भई आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताकोको समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावासमयमा प्रशस्त समय खर्चिए पनि थोरै नाँफा हुनेछ । सहयोगी तथा आफन्तले हात झिक्नाले समस्या बढ्नेछ । आषा देखिउनेहरुले नै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
Comment