राप्रपाबाट प्रवेश गरेका सुनिल थापा बने कांग्रेसको सहमहामन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका सुनिल बहादुर थापालाई सहमहामन्त्रीमा मनोनीत गरेको छ।

शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा मनोनीत गरेको हो ।

राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका थापाले आफ्नो समूहका नेतासहित कांग्रेसमा प्रवेश गरेका थिए । थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय पनि बैठकले गरेको छ ।

थापासँग कांग्रेसमा प्रवेश गरेका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरि, टिएन योगीलाई केन्द्रीय सदस्य र दिलीप राई, आशाराम चौधरी, राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

३१ साउनमा थापासहित केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित ३१ जना कांग्रेसमा प्रवेश गरेका थिए । सहमहामन्त्री बनेका थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।