आज मिती २०७७ साल कार्तिक २८ गते शुक्रबार, तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक २८ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– त्रयोदशी,२४ घडी २८ पला,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–चित्रा,४० घडी २४ पला,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त स्वाती । योग–प्रिती । करण–वणिज,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ०० मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या,बिहान ११ बजेर २४ तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५६ पला । काग तिहार ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाम्पत्य सम्बन्ध र माया प्रेममा बृद्धि हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । छोटो दुरिको रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा विपरित लिङगको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसाय अन्य दिन भन्दा फस्टाएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगति हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले कामहरु थाति रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्नछ भने जिम्मेवारी बढ्नेछ । तरपनि प्रयत्न गर्र्दा विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन लाभ लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउनेछ । माया प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्बसँग मनमुटब बढ्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनेछ । अध्ययनमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ । मध्यान्हबाट रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो व्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुनाले गुरुवर्गहरु खुसि हुनेछन् । सरकारि धन तथा पैत्रिक धन सम्पती हात लाग्ने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आट तथा पराक्रम गरि काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मान–सम्मानमा बृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा सम्पन्न नगरिदिदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्टान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाफा हुने योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

तपाईँको दिन शुभ रहोस्
ज्यो.डिपी उपाध्याय ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।