कलंकीमा ट्रक दुर्घटना, नुवाकोटका तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कलंकीमा कुखुरा बोकेको गाडीले पार्किङ गरेर राखेको ट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाउँपालिकाका २४ वर्षका रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षका माधव घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते नुवाकोट तारकेश्वर घर भएका २२ वर्षका विजय तामाङको उपचार भइरहेको छ ।

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।