झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६९ करोड बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रो दिन (आज) सोमबार सेयर बजारमा ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैयाँको कारोबार भएको छ । 

सोमबार सेयर बजारमा नेप्से  परिसूचक ४.२२ अंकले बढेर १ हजार ६ सय ५२ दशमलव ८० विन्दुमा कायम भएको छ । 

कूल १९५ वटा कम्पनीको एक करोड ३५ हजार ३ सय १३ कित्ता शेयर खरिदबिक्री  भएको छ ।स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर मात्र घटेको छ ।

त्यसैगरी, सोमबार कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५५ करोड एक लाख ८१ हजार ४ सय ८५ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।