१७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले कात्तिक २४ गते सोमबार दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ ।

केन्द्रीय बैंकका अनुसार बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको छ । यो बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।