आज मिती २०७७ साल कार्तिक २४ गते सोमबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक २४ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–नवमी,४४ घडी ५२ पला,रातको १२ बजेर १८ मिनेट उप्रान्त दशमी । नक्षत्र–मघा,५४ घडी १७ पला,रातको ०४ बजेर ०४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–शुक्ल । करण–तैतिल,दिउसो ०१ बजेर ०० मिनेट उप्रान्त गर,रातको १२ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०८ पला । विश्व स्वतन्त्रता दिवस ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अध्यापनमा मन जाने तथा नतिजा तपाईकै पोल्टोमा आउँनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धी समस्या आउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । तरपनि कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफ्नो मायालुलाई आफ्नै वरिपरि देख्न पाउदा मन खुसि हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेकोछ । पछाडि कुरा काट्ने तथा शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ हुन सक्छ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्यात्मभाव जागृत हुनुको साथै मनमा धार्मिक तथा परोपकार काममा मन जानेछ । अध्ययन तथा खोजीमुलक कामका छोटो दुरिको यात्रा हुनेछ । धार्मिक तथा बौद्धिक पुस्तक अध्ययन गर्ने अवसर जुर्नेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग गरि कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाईँ तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । माईति चेलि बीचको सम्बन्धमाको दुरी केहि बडेजस्तो हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाईलो यात्रा गर्न सकिने भए पनि यात्राका क्रममा बाधा तथा अवरोधहरुको सामना गर्नु पर्नेछ । आथिक रुपमा कमजोर हुने तथा अरुको हेपाईमा परिनेछ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिले सहयोग नगर्दा उपलब्धि गुम्ने खतरा रहेकोछ । अध्ययनमा अरुभन्दा पछि परिने हुदा नतिजा अरुतिरै जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हुने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।