विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारबाट पन्छियो सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । 

आइतबार बसेको सीसीएमसीको बैठकले  नेपालीहरुको उद्दार सकिएकाले उडान बन्द गर्न सिफरिस गरेको सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। 

साथै बैतडीको झुलाघाट नाका र केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।  

कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । 

अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीको तथ्यांकमा उल्लेख गरिएको छ । 

हाल खुल्ला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसियालगायतका अन्य उपयुक्त गन्तव्य स्थानहरूमा नियमित हवाई उडान सुचारु गर्न सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्‍मा प्रस्ताव गर्ने निर्णय गरेको छ । 

त्यस्तै होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि  गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।