आज मिती २०७७ साल कार्तिक २२ गते शनिबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको  पंञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक २२ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–सप्तमी,५० घडी २४ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–तिष्य,५६ घडी ४७ पला,रातको ०५ बजेर ०३ मिनेट उप्रान्त अश्लेषा । योग–शुभ । करण–भद्रा,दिउसो ०२ बजेर ४५ मिनेट उप्रान्त बव,रातको ०२ बजेर २९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २७ घडी १५ पला ।

आजको  राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पूरा नहुन सक्छ । तरपनि अन्योलमा मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ  । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यावसाय र नोकरी गर्नेका लागि समय उत्तम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ भने साथिभाईको सहयोगले कृतिमानी काम गर्ने समय रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि राम्रो नतिजा ल्याउन सकिनेछ । माया प्रेमको गाठो कसिले हुनेको साथै घर परिवारमा सबैबाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने बाध्यता आउनेछ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा नाँफा कमाउन तथा लगानी बढाउन केहि समय पर्खर्नु होला । समय अनुकुल नहुनाले केहि राम्रा अवसरहरु त्याग्नु पर्नेछ । उधारोमा व्यापार वा कारोबार नगर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टपूर्ण नहोला भन्न सकिन्न । गलत व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । फजुल खर्च बढ्नेछ भने रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत  नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागि पद प्राप्तीको योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनमा धार्मिक प्रवृति जागृत हुने तथा छोटो दुरिको धार्मिक यात्रा गर्न सकिनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । समयले साथ दिने हुनाले राम्रो काम गर्न सकिनेछ । प्रतिस्पर्धीहरु बाधक देखिएपनि अन्तत उनिहरुलाई पनि समेटेर काम बनाउन सकिनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । चेलि माईती बीचको सम्बन्धमा दुरी केहि बडेजस्तो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यावसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न रहनेछ । परिवारबाट तपाईको काममा पुर्ण समर्थन प्राप्त हुनाले नयाँ योजना बनाई बनाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अगाडि तपाईको नाम आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  तर्क, विवाद र प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पद प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा आफ्ना कुराहरुमा सबैजना सहमत हुनेछन् । अफिसियल यात्राको प्रसस्त सम्भावना छ भने दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने  हुनाले राम्रा काम गर्न सकिनेछ । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिक प्रतिस्पर्धामा तपाईको नाम अग्र पंतिमा आउनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । पढाइ लेखाइमा सोचेजस्तो प्रगति हुने तथा अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । सन्तान तथा अनुयायीको माध्यामबाट कामहरु बन्नेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।