रिलायन्स लाइफ इन्स्योरेन्सको ६२ प्रतिशतले खुद नाफामा वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले खुद नाफामा छलाङ मारेको छ । इन्स्योरेन्सले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ करोड ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यो गत आवको सोही अवधिको तुलानामा ६२.४३ प्रतिशतले बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड ८५ लाख खुद नाफा कमाएको थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीले बीमाशुल्क आर्जन ९१ं.९८ प्रतिशतले वृद्धि गरी ४६ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत १७ करोड ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबापत इन्स्योरेन्सले १५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ।

२ अर्ब १० करोड रुपैयाँ चुक्तापूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ सञ्चित छ भने जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख र महाविपत्ती कोषमा १ करोड ९२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा इन्स्योलेन्सले ४ हजार १३८ बीमालेख जारी गरी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कुल १२ दाबी बापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ भने ४ दाबीबापतको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०४.७५ गुणा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।