नुवाकोटमा थप १६ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नुवाकोटमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार विहिबार गरिएको परीक्षणमा १० पुरुष र ६ महिलामा कोेरोना संक्रमण देखिएको हो ।

जसमा विदुर नगरपालिकामा १ जना पुरुष, बेलकोटगढी नगरपालिकामा १० जनामध्ये ६ पुरुष र ४ महिला र सूर्यगढी गाउँपालिकामा ५ जना रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५९० पुगेको छ जसमध्ये ४ सय २० पुरुष र एकसय ७० महिला रहेका छन् । यो सँगै २८० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।