काठमाडौं। काठमाडौं उपत्यकामा थप १३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा १०९१, भक्तपुरका १४७ र ललितपुरमा १६० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, नेपालमा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ भने अहिलेसम्म १ लाख ४८ हजार ३०८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०५२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ३४३० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
Comment